प्रधानमन्त्री ओलीको दाबी – अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताएका हुन् । 

आफूले नेपाललाई नयाँ ढङ्गले अघि बढाउन चाहेको भन्दै उनले सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि जनाए । प्रधानमन्त्री ओलीले फाइल रोकेर राख्ने कुरा सैह्य नहुने बताउँदै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा अब प्रधानमन्त्री कार्यालयले थाहा पाउने दाबी समेत गरे । 

प्रधानमन्त्री ओलीले फाइल अडकेको थाहा पाउन ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको समेत उल्लेख गरे । परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पनामा अघि बढाइएको उनको भनाइ छ ।

 सरकारको तर्फबाट पाउने सुविधा लिन अब घुस खुवाउन र कतै भनसुन गर्न जानु नपर्ने दाबी समेत ओलीले गरे ।
 

प्रतिक्रिया