‘बालबालिकाकाे क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ’

काठमाडौं‌ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याएका छन् ।  

राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा शनिबार आयोजित कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको  नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राखे । 

मन्त्री सुडीले सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागिता लगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताए । 

सोही अवसरमा सांसद सीताकुमारी रानाले पछिल्लो समय बालबालिका यौन हिंसा र दुव्र्यबहारसमस्या बढ्दै गएकाले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।  

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज शनिबार देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ । 
 

प्रतिक्रिया