माहाकाली सन्धी खारेज गरौँ, कालापानी लिपुलेक फिर्ता गरौँ: मेटमणी चौधरी

काठमाडौं । नेकपा एकिकृत समाजवादीका उपमाहासचिव एवं पूर्वमन्त्री मेटमणी चौधरीले  आफुले दिएको अभिव्यक्ति तोडमोड गरेर भ्रम छर्न खोजिएको बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको विशेष संवादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै उपमाहसचिव चौधरीले आफ्नो आशय गलत नभएको दाबी गरेका हुन् । 

गलत माहाकाली सन्धीका कारण भारतले नेपाली भुमि लिपुलेक, लिम्पीयाधुरा, कालापानी आफ्नो भएको दाबी गरिरहेको उनको भनाई छ । नेपालले ती भु-भाग फिर्ता गर्न महाकाली सन्धीनै खारेज हुनुपर्ने उनको तर्क छ ।

कार्यक्रमको पुरा अंश आज शनिबार राती ८ बजे प्रसारण हुनेछ । 

प्रतिक्रिया