शरणार्थी प्रकरणमा बाहिरिएको आरजुसंगको अडियोमा सन्देश शर्माको स्वर मिल्यो

छानबीनका लागि प्रहरीले पठायो टिकटक सिंगापुरलाई पत्र

नक्कली भुटानी शरणार्थी प्रकरणबारे कांग्रेस सांसद डा. आरजु राणा देउवाको नाम जोडिएको अडियोमा सन्देश शर्माको स्वर मिलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र शर्माको शर्माबीच संवाद भएको भन्दै सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएको थियो । गत वैशाख २ गते राणाले आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्यूरो भोटाहिटीमा निवेदन दिएकी थिइन् । सो अडियो छानबिन गर्दा दाङका सन्देश शर्मासँग मेल खाएको प्रहरीको भनाइ छ । त्यस्तै सो अडियोसहितको भिडियो कहाँबाट आएको भन्नेबारे छानबिन गर्न टिकटक सिंगापुरलाई प्रहरीले पत्राचार गरेको छ । शर्मा भने सोही प्रकरणमा जोडिएर थुनामा रहेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले वैशाख २ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । अडियोमा शरणार्थी प्रकरणमा आरजु देउवाले समेत रकम लिएको आरोप लाग्दै आएको छ ।  नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा असार १ गते अदालतले हाइप्रोफाइल व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।  पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई पुर्पक्षको लागि थुनामा छन् ।

प्रतिक्रिया