प्रशिद्ध नर्तकी माइकला डिप्रिन्सको २९ वर्षको उमेरमा  निधन

एजेन्सी । प्रशिद्ध शास्त्रीय नर्तकी माइकला डिप्रिन्सको २९ वर्षको उमेरमा निधन भएको छ । 

डिप्रिन्सले युद्धग्रस्त सियरा लियोनमा अनाथको रूपमा पीडा भोगेकोदेखि  अन्तर्राष्ट्रिय नृत्यको संसारमा धेरै काम गरेकी थिईन् । एक मुस्लिम परिवारमा माबिन्टी बंगुराको रूपमा जन्मेकी उनी पछि माइकला डिप्रिन्सको नाममा चिनिएकी थिइन् ।

सियरा लियोनमा  गृहयुद्धको समयमा उनका काकाले उनलाई अनाथालयमा लगेका थिए । उनी सियरा लियोनमा अनाथको रूपमा हुर्केकी थिइन् । उनको बुबालाई क्रान्तिकारी संयुक्त मोर्चाले गोली हानेर मारेको थियो जब उनी तीन वर्षकी थिइन् र उनकी आमाको  युद्धका कारण भोकमरीले  मृत्यु भएको थियो ।

उनी आफ्नो अनाथालयमा बम बारी भएपछि शरणार्थी शिविरबाट भागेकी थिइन्। सियरा लियोनमा रहँदा उनले फेला पारेको र राखेको ब्यालेरिनाको पत्रिकाको आवरणबाट प्रेरित भएर, डिप्रिन्सले अमेरिकामा ब्याले नर्तकीको रूपमा प्रशिक्षण लिएकी थिइन् । उनले फिलाडेल्फिया, पेन्सिलभेनियाको द रक स्कूल फर डान्स एजुकेसनमा शास्त्रीय नृत्यको  प्रशिक्षण लिएकी थिइन्। उनी सियरा लियोनबाट अमेरिका गएकी थिइन् । 
 

प्रतिक्रिया