केरुङ नाकामा एभिन्यूज सम्वाददातामाथि आक्रमण

रसुवा । चीनसँगको केरुङ नाकामा एभिन्यूज खबरले गरिरहेको स्थलगत रिपोटिङमा अवरोध भएको छ । 

बस्तीको बीचमा ट्रकमा राखिएको जिलेटिनको विषयलाई लिएर भइरहेको  रिपोटिङमा केही युवाद्वारा ढुंगा मुढा प्रहार गरेका हुन् । रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा विस्फोटक पदार्थ जिलेटिन भित्रिँदै गरेको विषयमा एभिन्यूज खबर टेलिभिजनबाट निरुन्तर समाचार प्रवाह भइरहेपछि केही व्यक्तिले एभिन्यूजका सम्वाददाता केदार कोइराला,सुनिल फुँयाल,सुधीर फुँयाल,राजेश रजक लगायतमाथि ढुंगा प्रहार गरेका थिए ।

अति सम्वेदनशीत मानिने विस्फोटक पदार्थ  जिलेटिन लोड भएका ट्रक नाकामा लामबद्ध रुपमा बेवारिसे अबस्थामा राखिरहँदा विस्फोट हुने जोखिम पनि उत्तिकै रहेको र सुरक्षा सम्वेदनशीलताका बारेमा खबर प्रवाह गर्दा उनीहरुमाथि केही व्यक्तिले आक्रमण गरेका हुन् । बिष्फोटक पदार्थजस्तो गम्भीर विषयमा सो पदार्थ भित्र्याउने व्यापारी सम्पर्क बिहीन हुनु,सुरक्षा निकायलाई त्यसबारे जानकारी नहुनु लाजमर्दाे कुरा हो । बिस्फोटक पदार्थका कारण कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने?कसले कुन प्रयोजनका लागि ल्याइएको भन्ने कुराको जानकारी सम्बन्धित निकायलाई हुन जरुरी छ । बिस्फोटक पदार्थ सुरक्षा सम्वेदनशीलताका साथ भित्र्याइनु पर्नेमा त्यसबारे कुनै सावधानी अपनाइएको छैन ।

 

प्रतिक्रिया