रसुवा नाकामा अलपत्र बिस्फोटक पदार्थ छोडेर व्यापारी गायब (प्रत्यक्ष प्रसारण)

रसुवा । रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा विस्फोटक पदार्थ जिलेटिन भित्रिँदै गरेको पाइएको छ । 

अति सम्वेदनशीत मानिने विस्फोटक पदार्थ  जिलेटिन लोड भएका ट्रक नाकामा लामबद्ध रुपमा बेवारिसे अबस्थामा राखिरहँदा नेपाल सरकार भने बेखबर छ । २१ चक्के र  चाइनिज आठ चक्के ट्रकमा अलपत्र अवस्थामा बिष्फोटक पदार्थ भेटिनु गम्भीर विषय हो । यसरी अलपत्र  जिलेटिन विस्फोट हुने जोखिम पनि उत्तिकै रहेको छ ।

कसले कुन प्रयोजनका लागि ल्याइएको भन्ने कुरा अझै एकिन भएको छैन । यद्यपि प्रहरीले भने नेपाली सेनाले सो जिलेटिन ल्याएको बताएको छ । तर प्रहरीलाई पनि यसबारे पूर्ण जानकारी भने छैन । सेनाले को व्यापारी मार्फत ल्याएको हो ? ती व्यापारी सम्पर्कमा अझै आएका छैनन् । विस्फोटक पदार्थ सुरक्षा सम्वेदनशीलताका साथ भित्र्याइनु पर्नेमा त्यसबारे कुनै सावधानी अपनाइएको छैन । 
 

प्रतिक्रिया