दशैं तिहारलाई लक्षित गरेर चितवन उद्योग संघद्वारा पर्व मेलाको आयोजना

काठमाडौं । चितवन उद्योग संघले दशैं तिहारलाई लक्षित गरेर पर्व मेलाको आयोजना गर्ने भएको छ । 

बिभिन्न वस्तुगत तथा विषयगत संघहरुसँगको सहकार्यमा दशैँ, लगायतका पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल, गाडी लगायतका वस्तुहरुको बिक्री वितरण एउटै छानामुनी गर्ने उद्देश्यका साथ पर्व मेला २०८१ आयोजना गर्न लागेको हो । 

चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला २०८१ अन्तर्गत असोज १ गतेदेखि असोज २४ गतेसम्म ‘वडा दशै जुत्ता चप्पल व्यापार मेला–२०८१ हुनेछ । त्यस्तै, चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा असोज १६ गतेदेखि १९ गतेसम्म ‘काडा अटो शो २०८१’ आयोजना हुने जनाइएको छ । मुलुकमा आर्थिक सुस्तता भईरहेको अवस्थामा पर्व मेलाले थोरै भएपनि राहत दिने व्यवसायीले अपेक्षा गरेका छन् । 

मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि आकर्षक छुटमा खरिद गर्न सकिनेछ । मेलामा करीब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । काडा अटो शोमा ३० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया