६० वर्षपछि यस वर्षको इन्द्रजात्रा कुमारिलाई फुल चढाएर सुरु गरिने

काठमाडौं । ६० वर्षपछि यस वर्षको इन्द्रजात्रा कुमारिलाई फुल चढाएर सुरु गरिने भएको छ । 

शनिबार बसेको मरु सत:  हः गुठीको बैठकले विविध कारणले ६० वर्षदेखि रोकिएको फुल चढाउने परम्परा पुनः सुरु गर्ने निर्णय गरेको हो । 

भाद्र शुक्ल चतुर्दशीका दिन भैरवको छोेरी मानिने कुमारिलाई सचिका स्वा र पंखा स्वा नामका दुई विषेश फुल चढाएर इन्द्रजात्रा सुरु गरिने गुठीले जनाएको छ । पारिजातको फुल चोर्न आएका इन्द्रलाई समाईसकेपछि इन्द्रलाई न्याय गर्न आएका कुमारी, भैरव, गणेशलाई त्यहाँका मालिहरुले स्वागत गर्दा दूई फुल सचिमा स्वा र पंखा स्वा चढाएको र सोहि आधारमा इन्द्र जात्राको सध्यामा कुमारिलाई फुल चढाउने परम्परा रहेको मरु सत: हः गुठिले जनाएको छ । 

जात्राका दिन कुमारीलाई फुल चढाएपछि गणेश, भैरवको रथ यात्राका साथै विभिन्न देवदेवीका नाच प्रदर्शन गर्ने चलन छ । यस वर्षको इन्द्रजात्रा आइतबार इन्द्रध्वजोत्थान गरेपछि विधिबत रुपमा सुरु हुनेछ । 

जात्रा अवधिमा विभिन्न स्थानमा कुमारी, भैरव, गणेशको रथयात्राका साथै बिभिन्न देवीदेताका नाँचहरु प्रदर्शन गर्ने गरिन्छ ।

प्रतिक्रिया