एयर एशियाले अर्काे महिनाबाट पुनः नेपालमा उडान भर्दै

काठमाडौं । मलेसियन वायुसेवा कम्पनी ‘एयर एशिया’ले पुनः नेपालमा उडान भर्ने भएको छ । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरेको ६ वर्षपछि उसले पुनः उडान शुरु गर्न लागेको हो । काठमाडौँमा एक कार्यक्रम गर्दै एयर एशियाले आगामी अक्टोबर २ बाट काठमाडौँदेखि थाइल्यान्ड उडान शुरु गर्ने जनाएको हो । त्रिभुवन विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने सेवा शुल्कबापतको १८ करोड रूपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेका कारण २०७५ असोज २७ गतेदेखि एयर एशियाको उडान बन्द गरिएको थियो । उडान भर्न लागेको हो ।

 नेपाल सरकारबाट १८ करोड बक्यौता रकम किस्ताबन्दीमा तिर्ने सुविधा पाएसँगै एयर एशियाले पुनः नेपालमा उडान भर्न लागेको हो । कार्यक्रममा कम्पनीले उडानमा फर्किएपछि अन्य वायुसेवा कम्पनीको भन्दा यात्रुहरुलाई एयर एसियाको टिकटमा सहुलियत दिने घोषणा गरेको छ ।

एयर एशियाले काठमाडौं–बैंकक रुटको प्रवर्द्धनात्मक दर ९ हजार ९९० बाट सुरु गरेको थियो । यात्रुले बैंककबाट एयर एशियामार्फत १३० भन्दा बढी देशमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ।

साथै कम्पनीले एयर एशिया सम्बन्धी भिडियो बनाइ सामाजिक संञ्जालमा पोस्ट गर्ने उत्कृष्ट एक जनालाई थाइल्यान्डको फ्रि टिकट दिने पनि जनाएको छ । एयर एशियाले २०६९ सालमा  काठमाडौं उडान थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई लक्षित गरी एयर एशियाले  उडान भर्न शुरु गरेको थियो ।

प्रतिक्रिया