अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित

काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हराएको छ । 

शुक्रबार राति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९४ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । लियाम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाए ।

त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जेक फ्रेसर म्यागर्कले सर्वाधिक ५० रन बनाए । इंग्ल्यान्डका लियाम लिभिङस्टोन र ब्राइडन कार्सले समान दुई विकेट लिए । 

पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो । तीन खेलको श्रृङ्खला एक÷एकको बराबरी भएको छ । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० भोलि हुनेछ । त्यसपछि पाँच खेलको एकदिवसीय श्रृङ्खला हुनेछ ।

प्रतिक्रिया