रुसद्वारा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द

एजेन्सी । रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । 

बेलायतको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञहरूमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ । यसैबिच, बेलायती प्रधानमन्त्री कियर स्टार्मर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन् । 

बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तापछि युक्रेनलाई रुसभित्रका निशानाहरू प्रहार गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने विषयमा कुनै निर्णय भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बेलायती प्रधानमन्त्री स्टार्मरले युद्ध रोक्न रुसको हातमा रहेको बताए । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रहरूलाई युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न नदिन चेतावनी दिएका थिए । 

पुटिनको यस्तो कदमले युक्रेन युद्धमा नेटोको ‘प्रत्यक्ष सहभागिता’ लाई प्रतिनिधित्व गर्ने स्पष्ट पारेका थिए । न्युयोर्क टाइम्सको रिपोर्टले अमेरिकाले चाँडै युक्रेनलाई पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्रहरू रुसी भूमिमा प्रयोग गर्न अनुमति दिन सक्ने बताएको छ । 
 

प्रतिक्रिया