अहिलेको सरकारले देशलाई सुशासन दिन्छ: प्रकाशशरण महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन् । 

नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको शुक्रबार आयोजित शिलान्यास कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र) लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताए । 

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताए । अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उनको दाबी छ ।
 

प्रतिक्रिया