सच्चा वामपन्थी नेतृत्वले मात्र गणतन्त्र र देशलाई अगाडि बढाउन सक्छ: अध्यक्ष नेपाल

फाइल तस्बिर

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सच्चा वामपन्थीले मात्रै  गणतन्त्र र देशलाई अगाडि बढाउने बताएका छन् । 

एकीकृत समाजवादीले शुक्रबार आयोजना गरेको सन्देश सभामा उनले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताए  । 

सन्देश सभामा नेताहरू राजेन्द्रकुमार राई, बलदेव चौधरी, दुर्गा परियार लगायतले सम्बोधन  गरेका थिए । 
 

प्रतिक्रिया