नेपालमा लगानी मैत्री वातावरण बन्दै गएको छ: अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाधार विकासका लागि मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । 

नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापनमा कार्यक्रममा उनले पछिल्लो समय मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको यसलाई अझै बढाएर लैजानुपर्नेमा जोड दिए । 

नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको  भन्दै अध्यक्ष दाहालले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउ आफूहरूले प्रयास गरिरहेको बताए । 

उनले नेपाल पूर्वाधार सम्मेलनले पनि लगानीमैत्री वातावारण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यसका निष्कर्षलाई राज्यले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे । आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले लगानीमैत्री वातावरण बनाउन र आर्थिक रूपान्तरणमा योगदान दिन लागिरहने उनको प्रतिबद्धता थियो ।


 

प्रतिक्रिया