रसुवा नाकामा विस्फोटक 'जिलेटिन' लोड भएका ट्रक लामबद्ध, सुरक्षाकर्मी र आधिकारिक निकाय बेखबर (भिडियो सहित)

रसुवा। रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा विस्फोटक पदार्थ जिलेटिन भित्रिँदै गरेको पाइएको छ । जिलेटिन लोड भएका ट्रक नाकामा लामबद्ध रहेका छन्। २१ चक्के र  चाइनिज आठ चक्के ट्रकमा अलपत्र अवस्थामा बिष्फोटक पदार्थ भेटिएको छ। जिलेटिन विस्फोट हुने जोखिम पनि उत्तिकै रहेको छ । 

यस विषयमा रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीसँग टेलिफोनमा कुराकानी गर्दा तिवारीले  जिलेटिनका बारेमा आफूलाइ थाह नभएको बताएका छन्। 

 

त्यस्तै सम्बन्धित सुरक्षा निकायलाई यसबारे प्रश्न राख्दा उनीहरुलाई पनि यसबारे पुर्ण जानकारी नभएको बताएका छन्।नेपाली सेनाको लागि लैजान लागिएको जिलेटिन बाटो अबरुद्ध भएका कारण रोकी राखेको रसुवास्थित नेपाल प्रहरीका निरिक्षक केबी धितालले जानकारी गराएका छन्। ठेकेदार मार्फत नेपाली सेनालाई हस्तान्तरण हुने गरि उक्त जिलेटिन आएको निरिक्षक धितालले बताएका छन् । 

 

 

प्रतिक्रिया