४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको दाबी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको दाबी गरेका छन् ।  युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । 

सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् ।  तर, एएफपीका पत्रकारहरूले पहिले रुसी युद्धबन्दीहरूलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए । 

रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’ लगायतका सर्वसधारणहरू फर्किएका थिए । 

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताए । एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए । 

    

    

प्रतिक्रिया