पलेशा बनिन् पारा एथलिट अफ दि इयर ! क-कस्ले जिते एन.एस.जे.एफ. पल्सर अवार्ड ?

काठमाडौं । एनएसजेएफ पल्सर पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।१९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्यपदक जितेको कारण उनलाई उक्त अवार्ड दिइएको हो । उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । उनले हालै सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् ।


भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन् ।नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई(सेवाको भोटिङका आधारमा चयन गरिएको थियो ।


नेपालमा क्रिकेटको जग हालेका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस्  अवार्डमा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।


करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठले प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो ।

हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोटर्स् अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।

पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ ।शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरु असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।

प्रतिक्रिया