लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः उद्योगमन्त्री भण्डारी

काठमाडौ‌ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताएका छन् । 

क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोे बताए  । उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गरे ।  सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उनको भनाई रहेको छ ।  

 मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली तथा अन्तर्राष्ट्रिय वायुयानको सङ्ख्या बढाउनुपर्ने बताए । 

प्रतिक्रिया