एमाले बैठक:  १८ बुँदे कार्ययोजना पारित

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको शुक्रबार वार्षिक कार्ययोजना पारित गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरुका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरुको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ।   कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ ।

त्यसैगरी, पार्टीमा युवाहरुलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ ।  राष्ट्र निर्माणका लागि युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरिएको छ । 

एमालेले समावेश गरेको १८ वटा विषयबस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने, असोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ ।

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकि कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ ।

प्रतिक्रिया