भृकुटीमन्डपमा फुड बेवरेज एण्ड हस्पिटालिटी मेला सुरू

काठमाडा । काठमाडौँको भृकुटीमन्डपमा फुड बेवरेज एण्ड हस्पिटालिटी मेला २०२४ सुरू भएको छ । बिहीवारबाट शुरु भएको मेला भाद्र ३० गते सम्म चल्नेछ । मेला मार्फत कम्पनीहरुले आफ्नो उत्पादनको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो मेला उत्कृष्ट अवसर भएको आयोजकले दाबी गरेको छ । 
मेलामा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बिभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका छन् । 
मेलामा तीन सय भन्दा बढी ब्राण्ड र पाँच हजार भन्दा बढी सामग्री एकै ठाउँमा अवलोकन गर्न र सबैभन्दा उत्तम आपूर्तिकर्तासँग व्यापार अघि बढाउन सकिने छ ।

प्रतिक्रिया