अबिरल वर्षाका कारण बर्दियाको जनजीवन प्रभावित

काठमाडौं । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण बर्दियाको जनजीवन पनि प्रभावित भएको छ ।

वर्षापछि कर्णाली नदीमा आएको बाढी राजपुर नगरपालिकाका केही वस्तीमा पसेको छ । राजपुर नगरपालिकाको वडा नम्बर १ दौलतपुरस्थित भदालीपुर, चनौरा गाँउका घरहरूमा पानी पसेको हो । बाढीबाट प्रभावित स्थानीयलाई नगरपालिकाले सडक किनारमा त्रिपालको अस्थाई टहरा बनाएर सारेको छ । वर्षेनी कर्णाली नदीमा पानीको वहाव उच्च भएपछि भदाली नाला हुँदै पानी बस्तीमा पस्ने गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । कार्यालयले प्रभावितहरुको सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँग छलफल गरेर आवश्यक राजापुर नगरपालिकाका १२ सयभन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया