उपसभामुख सहित संवैधानिक परिषद् बैठक बालुवाटारमा शुरु

काठमाडौं संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले शुक्रबार लागि बैठक बोलाएका थिए । 

बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा  रहेको जनाइएको छ । 

पूर्वतयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक सारिएकाे थियाे । यो बैठकमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर पनि उपस्थित छिन् ।

प्रतिक्रिया