सेवा निवृत्तिको उमेर हद बढाउने चीनको निर्णय

एजेन्सी । चीनले सेवा निवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । 

चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णयलाई स्वीकार गर्दै यसको पक्षमा मतदान गरेका हुन् ।
 
चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको ११ औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि शुरु हुने १५ वर्षको अवधिमा पुरुषको वैधानिक अवकाश उमेर क्रमशः ६० बाट ६३ पर्‍याइनेछ भने महिलाका लागि ५० बाट ५५ बर्ष र महिला श्रमिकको लागि ५५ बाट ५८ बर्ष पुर्‍याइने छ । 

सन् २०३० देखि मासिक लाभ प्राप्त गर्नका लागि आवश्यक आधारभूत पेन्सन योगदानको न्यूनतम वर्षलाई क्रमशः १५ वर्षबाट बढाएर २० वर्षमा पुर्‍याइनेछ । सांसदहरूले शुक्रबार पारित गरेको यो योजना चीनको औसत आयु, स्वास्थ्य अवस्था, जनसङ्ख्या संरचना, शिक्षाको स्तर र जनशक्ति आपूर्तिको विस्तृत मूल्यांकनका आधारमा तयार पारिएको हो ।

प्रतिक्रिया