उपसभामुख रानालाई हटाउन खोजिए माओवादी केन्द्रले प्रतिवाद गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने भएको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको सिंहदरबारमा बसेको बैठकले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो । उपसभामुखको बिषयमा हामीले कुरा आउने बित्तिकै सशक्त ढंगले प्रतिवाद गर्ने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।  

उपसभामुखबाट केही कमजोरी भएकै होला तर अहिले जसरी आयो त्यो बेठिक छ। त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्ने पाण्डेले भने ।

प्रतिक्रिया