ब्राजिलमा एक जीर्ण भवन भत्किंदा चौध जनाको मृत्यु

ब्राजिलमा एक जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौ घाइते भएका छन । जीर्ण अवस्थामा रेहको उक्त भवन भारी वर्षाका कारण ढलेको हो । रातको समयमा भवन ढलेकाले ठूलो क्षति भएको बताइएको छ । भवनको भग्नावशेषबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ भने केही भग्नावेशषमा च्यापिएको अनुमानमा खोजी जारी छ । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको सो सरकारी भवनमा बस्न प्रतिबन्ध लगाइए पनि अटेर गरी मानिसहरु बस्दै आएको प्रहरीले जनाएको छ ।  ब्राजीलमा हरेक वर्ष जीर्ण भवन भत्किंदा थुप्रैको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया