धनराज गुरुङ आफैँ आएर ऋण तिर्ने गरेको सहकारी अध्यक्षको खुलासा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले स्थलगत अवलोकन गरेको छ। स्थलगत अवलोकनका क्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले आफैँ आएर सहकारीको झण्डै ८१ लाख रुपैयाँ ऋण तिरेको खुलासा भएको छ।  

समितिको स्थलगत अवलोकनका क्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरूङले धनराज गुरुङले आफैँ सहकारीको ऋण तिर्न आएको बताएका छन्। कुम्भराजले धनराजको वास्तविक डिभोर्स नभई सहकारी डिभोर्स रहेको टिप्पणी गरेका छन्।

समिति समक्ष कुम्भराजले भने, ‘ धनराजलाई पनि सम्पूर्ण जानकारी छ र कागजीरुपमा मात्रै डिभोर्स भएको हो। उनीहरुको व्यवहारले सहकारीलाई अफ्ठ्यारो पर्‍यो।’कुम्भराजले धनराजले श्रीमतीको नाममा सहकारीबाट ऋण लिएपनि केही महिना अगाडि उनी आफैंले केही ऋण तिरेको बयान दिएका छन्। तर गुरुङ दम्पतिले अझै रकम तिर्न बाँकी रहेको कुम्भराजले समितिसमक्ष भनेका छन्। सहकारीका अध्यक्ष गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज र उनकी श्रीमती ज्योति सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि उनले ऋण लिएको खुलेको हो। कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।  सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गर्दै आएका छन् ।  

मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङले रकम हिनामिना गरेको आरोप लागेको छ । उपसभापति गुरुङले  सहकारी संस्थामा आफ्नो संलग्नता नभई पूर्वश्रीमतीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका छन् । मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङले उपसभापति गुरुङ र उनी पूर्वपत्नी ज्योतिले १४ करोड बढी हिनामिना गरेको उजुरी संसदीय विशेष समिति र सिआईबीमा उजुरी हालेका थिए । अध्यक्ष गुरुङको उजुरी सिआईबी र संसदीय समितिमा परेपछि सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति गुरुङ र उनकी पूर्वपत्नी ज्योतिको संलग्नता रहेको बाहिरिएको हो ।

 

प्रतिक्रिया