उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन: अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । 

उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर संवैधानिक परिषदमा गरिने निर्णयलाई सहज बनाउन सत्तारुढ दलले यो एजेण्डा उठाएको बताएका हुन् । पूर्व सभामुख समेत रहेका सापकोटाले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उप सभामुखलाई हटाउन सम्भव नभएको जिकिर गरे । 

उपाध्यक्ष सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उप सभामुखलाई हटाउने कुरा उठाइएको पनि स्पष्ट पारे । सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने उनको भनाइ छ । संसदको गरिमामा आँच आउने काम गरेमा प्रश्न उठने उपाध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया