ह्यारिससँग अर्को बहसमा भाग निलने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाए । ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताइन् ।

यस अघिको बहसमा ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए ।


 

प्रतिक्रिया