एमाले सचिवालय बैठक जारी

काठमाडौ‌ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय  बैठक जारी छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो ।  

शुक्रबार दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ ।
 

प्रतिक्रिया