ट्याङ्करको ठक्करबाट युवकको मृत्यु भएपछि वीरगन्जको अलौं क्षेत्र तनावग्रस्त

वीरगन्ज। वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) चोकमा बिहीबार ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा 

 

 

 

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएपछि वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्र तनावग्रस्त बनेको छ । बिहिवार ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय टिनुकुमार साहको मृत्यु भएपछि स्थानीयले अलौं क्षेत्रमा प्रर्दशन गरेका हुन् ।   

हिजो ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । जसमा मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए। वीरगन्जको गण्कस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारको क्रममा उनको बिहीबार राति मृत्यु भएको छ ।

ट्याङ्कर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै बिहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्रमा स्थानीयले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा छन्। ट्याङ्कर चालकलाई कारबाहीको माग गर्दै अलौंका स्थानीय प्रदर्शनमा उत्रिदा अलौंस्थित एकीकृत जाँचपोष्ट क्षेत्र तनावग्रस्त भएको छ।

मृतक तुराहाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ। मृतक पक्षका आफन्त र सरोकारवालाबिच अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ ।  
  

प्रतिक्रिया