वीर अस्पतालमा अत्याधुनिक जलन उपचार सेवा शुरु

काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालले आजबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ ।  अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको अत्याधुनिक जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र जलनका बिरामीको उपचार हुने डा. केडी जोशीले शुभाम्भ गरेका हुन। सो क्रममा मन्त्री पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरे । 

मन्त्री पौडेलले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए । जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच सघन उपचार शैय्या बेड र १० वटा अन्य शैय्या रहेका छन । दुई करोड ८० लाख हाराहारीमा जलन उपचार केन्द्रको निर्माण गरिएको अस्पतालले जनाएको छ । अहिलेसम्म नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया