नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

काठमाडौ। नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ। आठ महिनाअघि रिलिज भएको गीत ग्लोबल ट्रेन्डिङमा परेको हो।   

हालसम्म एक करोड ९५ लाख भन्दा बढि पटक हेरिएको गीत अहिले विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ। निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ।

युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ। यो गीत गत जनवरी १८ मा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गीत रिलिज भएको थियो।

‘कश्मीरे पछ्यौरी’  युट्युबको विश्वव्यापी ट्रेन्डिङ मा पर्दैगर्दा विश्व बजारमा नेपाली गीत संगीतको प्रवर्दन हुने अपेक्षा गर्न सकिन्छ । 

प्रतिक्रिया