कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिट्टै ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री अधिकारीले मन्त्रालयले कृषिसँग आबद्ध रहेका कुनै पनि ऐनहरू तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको पनि बताए । 

मन्त्री अधिकारीले कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका लगायत आवश्यक कुनै पनि ऐन, नियमहरू अहिले तर्जुमा भइरहेको बताए ।  बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिबद्धता उनको छ । 

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । व्यावसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको जानकारी पनि मन्त्री अधिकारीले दिए । 
 

प्रतिक्रिया