पार्टीमा युवा नेताको सक्रियता बढ्दै : नेता भण्डारी

गुल्मी । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीका युवा नेताहरूको सक्रियता बढ्दै गएको भन्दै अब पार्टी शशक्त बन्दै जाने बताएका छन् । 

कांग्रेस रेसुङ्गा नगर समितिले गुल्मीको तम्घासस्थित बीपी स्मृति भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन बिना पार्टीहरू एक्ला एक्लै चुनावमा जाने परिस्थिति आउन सक्ने समेत बताए ।

नेताहरुको भाषण सुन्न भन्दा पनि काम र थप रोजगारीका अवसर युवाले खोजिरहेको भन्दै नेता भण्डारीले युवा जनशक्तिलाई स्वदेशमै उद्यमशिलतासँग जोड्ने वातावरण बनाउनुपर्ने बताए । 

नेता भण्डारीले आफु बिरामी पर्दा जिल्लाका विकासका योजनाहरु पनि बिरामी परेको गुनासो गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सांसद धनेन्द्र कार्कीले कांग्रेस सांसदहरूले निर्वाचित भएपछि समान विकासको अवधारणालाई अगाडि बढाएको बताए ।

प्रतिक्रिया