कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । 

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन र सुधारका काम नगर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । मन्त्री पौडेलले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ त्यो माग्न आग्रह गरेका छन् ।  

उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि उनले निर्देशन दिए । 

प्रतिक्रिया