नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

काठमाडौ। ९७ औं 'ओस्कार'का लागि नेपालबाट मीन भामको नेपाली चलचित्र 'साम्बाला'ले प्रतिनिधित्व गर्ने भएको छ। अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने भएको हो। आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएको अस्करको नेपाल छनोट समितिले जनाएको छ। एक मात्र आवेदन परेकाले ओस्कारका लागि नेपालवाट ‘शाम्बाला’ निर्विरोध सिफारिस हुने भएको हो। नेपालको छनोट समितिले फिल्मलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ। ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ। शाम्बाला शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन तयारीमा छ।  साम्बाला जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको थियो। 

  

प्रतिक्रिया