इलाममा भेटियो एकापट्टि मात्र छापिएको नोट

इलाम । इलाममा एकापट्टि मात्र छापिएको पाँच सयको नक्कली नोट फेला परेको छ । 

केही दिन अघि इलाम बजारका युवा सुमन श्रेष्ठले यो नोट फेला पारेका हुन् । श्रेष्ठले ङ ९३ ४८७४१८ नम्बरको एकापट्टि छापिएर अर्कापट्टि नछापिएको नोट फेला पारेका हुन् । 

एकै दिन केही बैंकका एटिएमबाट पैसा निकालेको, सोही दिन इलाम बजारकै एक घरमा भएको मृत्युपछिको काजक्रियामा समेत आफुले पैसा साटेको श्रेष्ठले बताए । इलाम बजारकै केही बैंकमा पैसा परिक्षण गर्दा सो नोट सक्कली भएको बताइएको छ । 

तर, आधिकारिक रुपमा बैंकले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको भनाई छ । नेपालमा हाल छ सय ६७ अरब पैसा चल्तीमा रहेको छ । जसमा पाँच सय र हजारका २५ प्रतिशत र एक सय मुनीका ७५ प्रतिशत पैसा रहेको बताइएको छ ।

प्रतिक्रिया