डोनाल्ड ट्रम्पविरुद्धका दुई वटा मुद्दा खारेज

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र सहयोगीहरूविरुद्धका दुई आपराधिक मुद्दा खारेज भएका छन् । 

जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरूविरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए । न्यायाधिसले राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने अधिकार नभएको बताएका छन् । 

ट्रम्पविरुद्धको बाँकी आठ वटा मुद्दा जारी छ । यी मुद्दामा ट्रम्प र उनका १४ सहयोगीहरूलाई दोषी ठहराउने प्रयास गरिएको छ । ट्रम्प र उनका सहयोगीहरूले यी आरोपहरूको बारम्बार खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया