कोशी सरकारमा कांग्रेस सहभागी

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आजबाट सहभागी भएको छ ।  

कोशी सरकारमा प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेबारी पाएका छन् । 

त्यस्तै, सांसदहरु खगेनसिं हाङ्गाम उद्योग  कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल  पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । त्यसैगरी कांग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । 

सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया