आफू राष्ट्रपति भए अतिरिक्त समय गरिएको काममाथि लगाएको कर हटाउने ट्रम्पको प्रतिबद्धता

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए अतिरिक्त समयमा गरिएको काममाथि लगाइँदै आइएको कर हटाउने प्रतिबद्धता जनाएका छन् ।  

एरिजोना राज्यको ट्युसन शहरमा आयोजित एक सभालाई सम्बोधन गर्दै ट्रम्पले अतिरिक्त कर कटानको नीति अन्तर्गत सम्पूर्ण अतिरिक्त समय गरिएको काममाथि लगाइने कर हटाउने प्रतिबद्धता जनाएका हुन् । ट्रम्पले उक्त  घोषणा धेरै निम्न र मध्यम वर्गीय अमेरिकी नागरिकको मत जित्न गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

आगामी नोभेम्बर ५ मा हुने निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको सामना गर्दैछन् । मंगलबार भएको राष्ट्रपतीय बहसमा ह्यारिसले ट्रम्पलाइ निकै दबाबमा राखेपछि उनको पछिल्लो घोषणा आएको हो । यसैबीच ट्रम्पले ह्यारिससँग थप अर्को बहस नगर्ने बताएका छन् । 

पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल साइट ट्रुथ तेस्रो बहस नहुने उल्लेख गरेका छन् । ट्रम्प र ह्यारिसबीचको प्रतिष्पर्धा निकै कडा हुने आँकलन गरिएको छ भने दुवै उम्मेदवार आफ्नो मत बढाउने कसरतमा लागिपरेका छन् ।
 

प्रतिक्रिया