बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।
रासस

प्रतिक्रिया