कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, शपथ ग्रहणको तयारी

काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस शुक्रबारबाट सहभागी हुने भएको छ ।

शुक्रबार कांग्रेसका मन्त्रीहरुले सपथ लिने तय भएको हो । कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले गर्ने भएका छन् । कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने भएका हुन् । 

त्यस्तै, सांसदहरु खगेनसिं हाङ्गाम उद्योग  कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल  पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन् । त्यसैगरी कांग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएका छन् । 

सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । 
 

प्रतिक्रिया