संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिस हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार बस्दै छ ।  बुधबार बोलाइएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रबारलाई सारिएको हो । 

शुक्रबारको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने सम्भावना छ । ६५ वर्षे उमेरहदका कारण आगामी असोज १८ गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा जाँदैछन् । संविधानतः अवकाशमा जानुभन्दा एक महिनाअगाडि नै अर्को प्रधानन्यायाधीशको नाम सिफारिश हुनुपर्ने हो । तर, पछिल्लो सत्ता समीकरणमा विपक्षीको बहुमत भएपछि सरकारले सिफारिशका लागि संवैधानिक परिषद्को बैठक नै राख्न सकेको छैन ।  

प्रधानमन्त्री के.पी.शर्मा ओलीले परिषद् बैठक बस्नुअघि बिहीबार सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल गरेका थिए । निर्वाचन आयोगमा पनि डेढ वर्षदेखि १ आयुक्तको नियुक्ति हुन सकेको छैन ।

समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य पनि नियुक्ति हुन बाँकी छ । विभिन्न आयोगमा गरी ७÷८ वटा पद खाली रहेका छन् । 

प्रतिक्रिया