यागी आँधीका कारण २ सय बढी मानिसको मृत्यु

एजेन्सी । दक्षिणपूर्वी एसियाका लाखौं मानिस यागी आँधीका कारण मारमा परेका छन् । आँधीपछि भएको व्यापक वर्षाले निम्त्याएको बाढीका कारण २ सय भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । बाढीका कारण यस क्षेत्रका घरहरू डुवानमा परेका छन् भने बिजुली लगायतका पुर्वाधारसमेतमा क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सबैभन्दा बढी प्रभावित भियतनाममा मात्रै १ सय ९७  जनाको मृत्यु भएको छ । उत्तरी थाइल्यान्डमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । थाइल्याण्डको म्यान्मारको सिमानामा रहेको माई साई जिल्लाले ८० वर्षयताकै सबैभन्दा खराब बाढीको असर देखिएको छ । 

यागीको साताव्यापी प्रहारले भारी वर्षा भएको र वर्षाका कारण आएको बाढीले उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारको भू-भागलाई डुबाएको छ । आँधीले भियतनाममा १४ लाख भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् । बाढीका कारण २५ लाख हेक्टरभन्दा बढीक्षेत्रमा लगाएको बालीमा क्षति भएको छ समाचारमा उल्लेख छ । 

प्रतिक्रिया