भारत र चीनको सम्बन्ध जटिल रहेको भारतीय विदेशमन्त्री जयशङ्कर टिप्पणी

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशङ्करले भारत र चीनको सम्बन्ध ‘जटिल’ रहेको टिप्पणी गरेका छन् । 

बिहीबार जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा दुई मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षबारे जयशङ्करले चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताएका हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार उनले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्तलाई असहज अवस्था भनेर उल्लेख गरेका छन् ।  गलवानमा सैनिक फिर्तीको ७५ प्रतिशत समस्या समाधान भइसकेको जिकिर उनले गरे । 

विदेशमन्त्री जयशंकरले सीमा मुद्दाबाहेक दुवै मुलुकले प्रविधि, दूरसञ्चार र डिजिटलसहित अन्य क्षेत्रमा पनि कठिनाइको सामना गरेको पनि स्पष्ट पारे । 

प्रतिक्रिया