दक्षिणकालीको तरकारी कतार निर्यात

काठमाडौं । नेपालले हरियो तरकारीको पहिलो खेप कतार निर्यात भएको छ । 

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा एक समारोहकाबीच हरियो तरकारी कतार पठाइएको हो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसन ‘सीएफआरडी’को कृषि प्रबद्र्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइएको हो । 

तरकारी निर्यात कार्यक्रममा कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले कतारमा नेपाली उत्पादन निर्यातले निरन्तरता पाउने जानकारी दिए । 

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले नेपाली तरकारी कतार गएसँगै नेपाली उत्पादन निर्यातका लागि नयाँ बाटो खुला भएको भन्दै खुसी प्रकट गरे । 

कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन् । सीएफआरडीको कृषि प्रर्वद्धन कार्यक्रम अन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो ।
 

प्रतिक्रिया