असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आउने

काठमाडौं । संविधान दिवसको अवसर पारेर काठमाडौंको धरहरा सञ्चालनमा आउने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहराको उदघाटन भने तीन वर्षअघि नै भइसकेको हो । 
 

प्रतिक्रिया