अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम मानिएको क्लस्टर बम दिने

काठमाडौ । अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय लिनका लागि सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेका कारण यो निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।

युक्रेनका नेताहरुले ‘समयसापेक्ष’ कदम भन्दै अमेरिकाको निर्णयको स्वागत गरेका छन् । यता रुसले भने वासिङ्टनको कदमको विरोध गरेको छ । क्लस्टर बम विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ ।

बाइडेनले शुक्रबार सीएनएनसँग कुरा गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई बम दिने निर्णयबारे जानकारी गराइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्लस्टर बमबाट सर्वसाधारणमाथि हुनसक्ने खतराबारे सरकार जानकार रहेको बताउँदै यो बम पठाउन सकेसम्म ढिलाइ गरेको प्रष्टीकरण दिएका छन् ।

उनले युद्धको दौरान युक्रेनलाई कुनै पनि समय रक्षाविहीन अवस्थामा राख्न नसकिने पनि बताए ।

प्रतिक्रिया