सीईओमा सुशील ज्ञवाली नियुक्त हुदै

काठमाडौं । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ ।  मन्त्रिपरिषद् बैठकले  बाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्यांक विभागमा सरुवा गर्ने निर्णय गरेको छ भने बाणिज्यमा ज्ञानेन्द्र कार्कीलाई सरुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया